बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएपछि सिडी रेसियो चापमा, कुन बैंकको कति ?

काठमाडौं । कर्जा लगानी सुस्त हुँदा नेपालको वित्तीय प्रणालीमा अधिक तरलता छ। अधिक तरलता थुप्रिएपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) कायम राख्न बैंकहरुलाई चुनौती बनेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकले कुल निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका छन्। जसमा प्राइम बैंक यस सूचीमा सबैभन्दा अगाडि छ। यस बैंकले गत असोज मसान्तसम्म कुल निक्षेपको ८६.२६ प्रतिशत कर्जा लगानी गरेको छ ।

त्यस्तै एनएमबी बैंकले ८४.८८ प्रतिशत कर्जा प्रवाह गरेको छ । यसबाट केही बैंकहरू अझै आक्रामक कर्जा विस्तारमा लागि परेका छन् भन्ने संकेत गर्दछ। तर, विगतमा आक्रामक कर्जा विस्तार गर्ने एनआईसी एसिया, सिद्धार्थ बैंक जस्ता बैंकहरूले भने आफ्नो व्यवसायको आकार घटाउने रणनीतिमा छन्।

कुन बैंकको सिडि रेसियो  कति ?

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *