दुर्गा प्रसाईंका छोराले दायर गरे सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ। उनका छोरा निराजन प्रसाईंले दायर गरेको यो रिटको सुनुवाइ बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने तय भएको छ।

प्रसाईंलाई सोमबार मध्यराति उनले दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको थियो। त्यस्तै, उनका बडीगार्ड दीपक खड्कालाई पनि अभद्र व्यवहारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *