रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको छ । बिहीबार सो मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको हो ।

गतहप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *