काठमाडौं । आयन र एक्स्पेङका आधिकारिक विक्रेता सीजी मोटर्सले राजधानीको थापाथलीमा आफ्नो नयाँ आयोन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टर सञ्चालनमा ल्याएको छ । यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुम नजिकै, मुख्य सडकबाट करिब २० मिटर भित्र रहेको छ ।
नयाँ एक्स्पेरिएन्स सेन्टरमा ग्राहकहरूले आयन र एक्स्पेङका अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनहरू प्रत्यक्ष अवलोकन गर्न, बुझ्न र टेस्ट ड्राइभमार्फत अनुभव गर्न सक्नेछन्। हाल केन्द्रमा आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ मोडेल प्रदर्शनमा राखिएका छन् ।
आयन वाइ र आयन भी लक्जरी मोडेलहरू हुन्, जसको मूल्य क्रमशः रु ५८.५ लाख र रु ६९.९ लाख तोकिएको छ । आयन भीमा ७५.३ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा ८-प्वाइन्ट मसाज सिट, इन–बिल्ट फ्रिज र वार्मर जस्ता विलासी सुविधाहरू उपलब्ध छन् ।
त्यस्तै, आयन वाइमा १०० किलोवाट मोटर र ६१.४ किलोवाट आवर क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर यात्रा गर्न सक्षम बनाउँछ ।
प्रिमियम एसयूभी मोडेल एक्स्पेङ जी६को मूल्य रु ८४.९९ लाख तोकिएको छ । यसमा १९० किलोवाट मोटर, ४४० एनएम टर्क, अटो पायलट फिचर, ५–स्टार युरो एन्–क्याप सुरक्षा रेटिङ, SEPA २.० स्ट्रक्चर, र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक प्रविधि समावेश छन् ।
ग्राहकहरूले सोही केन्द्रमा टेस्ट ड्राइभ बुक गर्न, बुकिङ र तत्काल डेलिभरी सुविधा लिन, साथै ईभी विज्ञहरूबाट व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् । साथै, आगन्तुकहरूका लागि विशेष अफर र आकर्षक उपहारहरू पनि उपलब्ध छन् ।
नयाँ एक्स्पेरिएन्स सेन्टरको उद्घाटनमार्फत सीजी मोटर्सले ग्राहक सेवा र प्रविधिक नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको छ । कम्पनीले आफ्नो यो नयाँ केन्द्रमार्फत नेपाली ग्राहकलाई भविष्यमुखी ईभी अनुभवको नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ ।






