काठमाडौं। विकास बैंकहरुको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विकास बैंकहरुको नाफामा ५४.६५ प्रतिशतले गिरावट आएको हो।
बैंकहरुले गत वर्ष आर्थिक वर्ष पहिलो त्रैमासमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएकामा यसपालि ६२ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। ऋण असुली नहुँदा खराब कर्जा बढेर प्रोभिजनिङ बढेको छ। जसको कारण बैंकको नाफामा गिरावट आएको हो। बैंकहरुको ब्याज आम्दानी घटेको छ।
१२ वटा बैंकमध्ये ७ वटाको नाफा घट्दा ४ वटा नोक्सानीमा छन्। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै ५३.४८ प्रतिशतले घटेको छ। ५ वटाले भने नाफा बढाएका छन्। मितेरी डेभलपमेन्ट बैंकले नाफा २४२.६६ प्रतिशतले बढाएको छ।
विकास बैंकले आर्जन दुई आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको मुनाफा रु हजारमा
गरिमा विकास बैंकले सबैभन्दा धेरै २५ करोड रुपैयाँ नाफा कमाएको छ। वित्तीय विवरण निकालेका ५ वटा बैंकले नाफा बढाएका छन्।







