तीन महिनामा माछापुच्छ्रे बैंकको खुद नाफा झन्डै ५० करोड, खुद ब्याज आम्दानी डेढ अर्ब नजिक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको  प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार तीन महीनाको अवधिमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएकोछ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ५० करोड ३२ लाख रुपैयाँ कमाएको थियो। बैंकको सञ्चालन नाफा घट्दा नाफा प्रभावित भएको हो। बैंकको सञ्चालन नाफा ९९ करोड ९८ लाख रुपैयाँबाट ४०.१५ प्रतिशतको गिरावट सहित ५९ करोड ८४ लाख रुपैयाँमा सिमित भएको छ।

त्यसैगरी बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६६ रुपैयाँबाट घटेर १३.८३ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.६० रुपैयाँ कायम भएको छ। बैंकले १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेर १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँबाट घटेर ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक भएको छ।

चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम ३ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ सञ्चिति छ भने जगेडा कोषमा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ। बैंकको खराब कर्जा  ४.१३ प्रतिशत छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *