अन्तर्राष्ट्रिय पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

काठमाडाैँ।  काठमाडौंको बौद्धमा रहेको अन्तराष्ट्रिय होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि होटलले आफ्नो सेवा बन्द गरेको हो।

होटलका मानव संशाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ। होटल मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुने बताइएको छ। सुरक्षाका कारणले सम्पूर्ण श्रमिकलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, ‘होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरु अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *