युद्धविराम सम्झौतापछि गाजामा खुशीयाली (तस्बिरहरु)

एजेन्सी। इजरायल र हमासबिचको युद्धविराम सम्झौतापछि गाजाका मानिसहरू उत्सव मनाइरहेका छन् । इजरायली मन्त्रिपरिषद्ले युद्धविराम गर्ने सम्झौतालाई अनुमोदन गरेपछि युद्धविरामलाई लिएर गाजा र इजरायल दुबै तर्फ उत्साह देखिएको छ । सम्झौतामा इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान पनि समावेश छ ।

अमेरिकाको २० बुँगे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ ।

युद्धका क्रममा बन्धक बनाईएकाहरूलाई अर्को हप्ता सोमबार वा मंगलबारसम्ममा रिहा गरिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार बताएका थिए । प्यालेस्टिनी प्राधिकरणले युद्धविरामपछि गाजा प्रशासन चलाउने तयारी गरिरहेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *