सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

संस्थापक शेयरधनीतर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख सभाबाट निर्बिरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले रु. २.५७ अर्ब खुद नाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब र खुद कर्जा सापटी रु. १८३.४५ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकका निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९ प्रतिशत, ११.२२ प्रतिशत र १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *