काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियरलिग (एनपिएल)को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर स्याम हिजलेटलाई अनुबन्ध गरेको छ ।
स्याम हिजलेटले अष्ट्रेलियाका यू -१९ टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन् । उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन् । स्याम हिजलेटले खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन् । उनीसंग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।
उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ । उनको अनुभव, सुझबुझ ब्याटिङशैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वासगुणस्तर थपिने अपेक्षा गरेको छ ।
विराटनगरकिङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनिटिममा आवृद्ध गरिसकेको छ । टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधिजित्ने लक्ष्यसहित तयारी तिव्रगतिमा अगाडी बढीरहेको छ ।






