छानबिन आयोगमा बयान दिन नजाने केपी ओलीको घोषणा

काठमाडाैं । पूर्व प्रधानमन्त्री केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारबाट बनेको छानबिन समितिमा आफू बयान दिन नजाने बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

आफूले पहिला गृहमन्त्री हुँदा समेत गल्ती नगरेको र प्रधानमन्त्रीको रुपमा पछिल्लो समय काम गर्दा समेत कुनै कमजोरी नगरेको दाबी गर्दै कसैलेको भनेको भरमा वा भ्रम छरेकै आधारमा कुनै पनि आयोगलाई बयान दिन जाने काम आफू बाचुञ्जेल नगर्ने प्रष्ट पारे ।

‘मैले के काम गरे, कस्तो काम गरे, चित्रगुप्तले पनि हिसाबकिताब गरेकै होलान् । तर, मैले आफ्नो ब्रम्हले भ्याएसम्म कुनै गल्ती गरेको छैन । कसैलाई अहित हुने काम गरेको छैन । भ्रष्टाचार गरेको छैन । देशमाथि घात गरेको छैन ।’ उनले भने-‘त्यसकारण कसैले नियोजित ढंगले गठन गरेका आयोगमा बयान दिन गएर केपी ओलीले आफैंलाई धोका दिने काम गर्दैन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *