आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भयो ।
साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेकाे बताए । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको भन्दै रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराए ।
ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूंजी २.५० अरब पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन वमोजिम पूंजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदैे हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी दिए ।
त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए ।
अन्तमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २४औँ बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिनुहुने हाम्रा आदरणीय शेयरधनी महानुभावहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, बीमा समिति लगायत नियमक निकायहरु तथा ग्राहकहरु प्रति धन्यवाद व्यक्त गरे ।







