नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३९० कित्ता बोनस शेयर सूचीकृत भएका छन्।

सूचीकृत हुने कम्पनीहरूमा सन नेपाल लाइफ इन्स्योरन्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट रहेका छन्।

नेपसेमा सन नेपाल लाइफको २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको ११ लाख १७ हजार ९२.२७ कित्ता र स्वावलम्बन लघुवित्तको ९ लाख ३३ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यसैगरी छिमेक लघुवित्तको ४० लाख १९ हजार १८२.३४ कित्ता, सिक्लेस जलविद्युतका १२ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टका २४ लाख ८७ हजार ७५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यो सबै बोनस शेयर ती कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेका हुन्। अघिल्लो वर्ष सन नेपाल लाइफले ५ प्रतिशत, स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत, स्वावलम्बन लघुवित्तले ५.६३.६५ प्रतिशत, छिमेक लघुवित्तले १२.५ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत र सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *