माछापुच्छ्रे बैंक उपयुक्त बैंकसँग मर्जरमा जान्छ : अध्यक्ष महतो

माछापुच्छ्रे बैंकले मर्जरमा जाने संकेत गरेको छ । बैंकहरुमा बिग मर्जर चलिरहेको बेला उपयुक्त बैंकसँग छलफल गरेर मर्जरमा जाने बैंकका अध्यक्ष डा उपेन्द्र महतोले बताएका छन् ।

बैंकको आज आयोजित २४औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् । सेयरधनीहरुले बैंकले नाफा मात्र कमाएर लाभांश नदिएको गुनासो गरेपछि उनले आगामी वर्ष सेयरधनीलाई खुसी पार्ने गरी लाभांश वितरण गरिने प्रतिबद्धता गरेका छन् ।

‘गत वर्ष र यो वर्षको प्रतिफल मिलाएर आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गर्छौं’, महतोले भने, ‘आगामी २५ औँ वार्षिक साधारणसभाबाट सबैलाई खुसी बनाउने छौँ।’

गत आर्थिक वर्षका लागि बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *