प्रि ओपन सेसन साढे १७ अंक बढ्यो नेप्से

काठमाडाैं। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा १७.६५ अंक बढेर २५२१.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *