काठमाडौँ । सरकारको मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ४ जना डीआईजीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरेको हो । उनीहरूलाई असोज १२ मा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
Artha Sanjal






