बर्षाका कारण शेयर बजार पनि प्रभावित, कहिले खुल्छ ?

काठमाडौं। दशैं बिदाका कारण बन्द भएको सेयर बजार ८ दिनपछि मात्रै खुल्ने भएको छ ।

दशैंको बिदा ५ दिन भए पनि त्यसपछि शनिबार परेको र सरकारले दुई दिन सार्वजनिक बिदा दिएका कारण बजार ढिलो खुल्ने भएको हो ।
देशभर परिरहेको वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले असोज १९ गते आइतबार र २० गते सोमबार सार्वजनिक बिदा दिएको छ । त्यसैले सेयर बजार अब २१ गते मंगलबार मात्र खुल्नेछ ।
दशैंअघिको अन्तिम कारोबार दिन नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ । त्यसदिन २ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *