सर्वोच्चको आदेशपछि शरद ओझा प्राधिकरणमा फर्किए

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्राधिकरणमा पुनः फर्किएका छन्।

मन्त्रिपरिषद्को बर्खास्तीविरुद्ध सर्वोच्च अदालत गएका उनको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनी प्राधिकरण फर्किएका हुन् ।

मंगलबार साँझ आफू प्राधिकरणमा पुनः हाजिर भएको ओझाले बताए ।

भदौ २३ गते सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ओझालाई प्राधिकरणमा अध्यक्षको भूमिकामा रहेर काम गर्न दिन बाटो खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *