प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद हुने

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्ने गरी तयारी गरिएको छ ।

यसअघि आज नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो ।

‘प्रधानमन्त्री ज्यूले हिजो क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘आज किन स्थगित भयो थाहा हुन सकेन ।’

गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *