जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले क्षतिपूर्ति दिइने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *