एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित

काठमाडौं । एसवाई प्यानल नेपालले आजबाट खुला गर्ने भनिएको पहिलो चरणको आईपीओ निष्कासन स्थगित गरेको छ । कम्पनीले देशको वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आईपीओ कार्य रोकिएको जनाएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले जारी पुँजीको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासनको तयारी गरिरहेको थियो । पहिलो चरणमा रत्ननगर नगरपालिका क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई क्रमशः २ लाख ६१ हजार ६२७ र ४ लाख ९७ हजार ९२ कित्ता सेयर छुट्याइएको छ ।

आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । नयाँ मितिका लागि कम्पनीले चाँडै सूचना प्रकाशित गर्ने जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *