जेनजी प्रदर्शन: सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएकाे छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *