झन उग्र बन्दै जेनजी आन्दोलन, बानेश्वर क्षेत्रका तस्बिर हेर्नुहोस

काठमाडौं। जेनजीहरुको प्रदर्शनमा यतिबेला बानेश्व क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएको छ ।  सरकारले वानेश्वरलगायत भीआइपी क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि जेनजीहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

प्रहरीको घेरा र कर्फ्यू हुने क्षेत्र तोडेर जेनजीहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीहरुको आन्दोलन उग्र बन्दै जाँदा बानेश्वरस्थित संघीय संसद भवन अघि तनावपूर्ण बन्दै गएको छ । प्रदर्शनकारीले संसद भवनकाे पर्खाल समेत भत्काएका छन् । त्यस्तै उनीहरूले संसद भवन परिसर र यातायात व्यवस्था  विभाग परिसरमा आगजनी समेत गरेका छन ।

प्रहरीले प्रदर्शनलाई कमजोर पार्न नसकेपछि सेना खटाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *