कामना सेवा विकास बैंकको लाभाशं घोषणा

काठमाडाैं। कामना सेवा विकास बैंकको लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

यो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारण सभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

योसंगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *