काठमाडाैं। चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बिवाईडीको नयाँ मोडेल ‘एट्टो २’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। साइमेक्स इंक, बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेताले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ मा उक्त गाडी सार्वजनिक गरेको हो।
एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो । यो फ्रन्ट ह्विल ड्राइभ लेआउटमा उपलब्ध छ।
गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ राखिएको छ । कम्पनीका अनुसार यो गाडीले ३४५ किमि रेन्ज दिने छ। गाडीमा १०० किलोवाटको मोटर, २०० एमएम ग्राउन्ड क्लियरेन्स छ।
कम्पनीले केही समयअघि एट्टो १ सार्वजनिक गरेको थियो।
Artha Sanjal






