टप एन्ड टी-२० सिरिज: नेपालले होबर्ट हरिकेन्सलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्ससामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाउँदै होबार्टलाई १८१ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त ३२ रन पाएको थियो । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *