रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी देखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए ।

रगतको नमुना लिनका लागि ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी गएका थिए ।

अस्पताल स्रोतका अनुसार रगतमा रिर्पोटमा भिटामिन डी मात्रा कम देखिएको छ ।

‘उहाँमा अन्य केही यस्तो समस्या छैन । भिटामिन डीको कमी भएको देखियो’ स्रोतले भन्यो, ‘ खानपान नमिल्दा र घाममा नबसेका कारण भिटामिन कमी भएको हुनसक्छ ।’

आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *