नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल्स प्रदर्शनी नाडा अटो शो–२०२५ आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

योसँगै १७औँ संस्करण नाडा अटो शो सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले ‘अब कसैले असन्तुष्ट नै हुनुपर्छ भन्ने कसम खाएको छ भने अलग कुरा हो अन्यथा अहिले निजी क्षेत्र तथा अटो क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन,’ उनले भने, ‘हामीले मौद्रिक नीतिदेखि वित्त नीति पनि निकै व्यवहारिक र व्यवसायी मैत्री बनाएका छौँ।’

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताए । अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे ।

यस पटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार पनि प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो प्रदर्शनी ६ दिनसम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *