चैतमा ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए ।

पछिल्लो केही महिना लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार उच्चगर्दे आएका छन् । फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकहरुको निर्णय थियो । तर समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले सहमति गरेका हुन् ।

अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । ब्याजदर बढाएरमात्रै निक्षेप नआउने भन्दै आज आइतबार ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो ।

निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ । हरेक तीन(तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *