काठमाडौँ। नक्कली डकुमेन्ट बनाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको ठहर सहित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई सरकारले अन्तत हटाएको छ।
उनको योग्यता शंकास्पद रहेको भन्दै उजुरी परेपछि पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाएको थियो ।
समितिले ओझाद्धारा पेस गरेका कागजातमा बिमा प्राधिकरणका लागि आवश्यक अनुभव नभएको निष्कर्ष प्रस्तुत गरेको थियो ।
निलम्बित अध्यक्ष शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात नक्कली पाइएको बतायएको छ । सोही निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले प्रधानमन्त्री कार्यालयलाई बुझाएको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गरेपछि प्राधिकरणमा नयाँ अध्यक्षका लागि बाटो खुलेको छ ।
Artha Sanjal






