काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।
यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
Artha Sanjal






