काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक बर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको नाफा ७६.९७ प्रतिशत घटेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १६ करोड १५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ७० करोड १४ लाख रुपैयाँ थियो ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २७ करोड २१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ३ करोड ३७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३७.४४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा बैंकले १० अर्ब २५ करोड ६२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ७६ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ४.७१ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ अर्ब ८१ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकले ३ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.४४ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १६.५४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.०८ रुपैयाँ थियो। पीई रेसियो ३८७.८२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९७.३० रुपैयाँ रहेको छ।






