कोलकात्तामा मल रोकिँदा नेपालमा युरिया अभाव: कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले युरिया मलको आपूर्तिमा समस्या देखिएको स्वीकार गरेका छन् । उनले आपूर्तिमा कमजोरी आउनुका पछाडि विधि कारण जिम्मेवार रहेको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले डीएपी र पोटास मलको आपूर्ति नियमित रहेको बताए। तर युरियाको हकमा भने समस्या देखिएको उनको भनाइ छ ।

उनका अनुसार युरिया अभाव हुनुका मुख्य दुई कारण छन् । पहिलो कारण मूल्य वृद्धिलाई मानिएको छ भने दोस्रो कारणका रूपमा निरन्तर वर्षाका कारण कोलकात्ता बन्दरगाहमा मल अनलोड, ब्यागिङ र रेलमार्फत लोडिङको प्रक्रिया सुस्त भएको बताए।

‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकात्ता पोर्टमा होल्ड भएको अवस्था छ,’ मन्त्री अधिकारीले भने, कोलकात्ता पोर्टमा जामका कारण खरिद गरिएको ६० हजार टन युरिया अझै नेपाल ल्याउन सकिएको छैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *