भेटायोको मात्र १००० रुपैयाँबाट प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु

काठमाडौं । नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ।

यो सेवा मात्र रु १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ।

उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन्। यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुन्छ।

“गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो। नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ। हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन्।

एसी सर्भिसिङ सेवाको मुख्य विशेषताहरूमा धुलो र फोहोर हटाउन इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ, फिल्टर सफा गर्ने वा आवश्यक परेमा प्रतिस्थापन गर्ने, मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शनहरू कस्ने र सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गर्ने व्यवस्था रहेका छन् ।

सेवा बुकिङ प्रक्रियाः
ग्राहकहरूले आफ्नो सुविधाअनुसार सेवा बुक गर्न Bhetayo एप (Android वा iOS) डाउनलोड गर्न सक्नेछन् बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुनेछ, र प्रशिक्षित, अनुभवी र दक्ष प्राविधिकहरु तोकिएको समयमा सेवाका लागि घरमै पुग्नेछन्।

भेटायो एउटा घर तथा अफिस लाई चाहिने सम्पूर्ण सेवाहरु एप मार्फत एकै ठाउ बाट दिने एप प्लेटफर्म हो जसले १५ं सेवाहरू प्रदान गर्दछ—जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर, पेन्टिङ, कारपेन्ट्री, र एसी सर्भिसिङ सेवा लगायत छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *