शेयर बजारमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोड माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा उक्लिएको छ।

आज ३२० कम्पनीको शेयर किनबेच हुदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर ४१ करोड ७७ लाख रुपैयाँकाे शेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरकाे ३६ करोड ८४ लाख रुपैयाँकाे सेयर काराेबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले गूमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले ८.३१ प्रतिशतका दरले गूमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *