काठमाडौं । सरकारले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि प्राप्त हुने करिब १ अर्ब २५ करोड रुपैयाँ बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड रुपैयाँ) बराबरको अनुदान स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।







