स्वाबलम्बन लघुवित्तले कमायो ४४ करोड २६ लाख नाफा

काठमाडाैं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको तुलनामा २३.०४ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आवमा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो संस्थाले गत आवमा १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस हिसाबमा संस्थाको ब्याज आम्दानी २०.७७ प्रतिशत वृद्धि भएको छ ।

साथै कमिसन आम्दानी २१.२२ प्रतिशतले बढेर ३६ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३० करोड १९ लाख रुपैयाँ थियो । आम्दानी र नाफा बढेपनि संस्थाको खराब कर्जा भने बढ्न पुगेको छ । अघिल्लो आवमा ७.९२ प्रतिशत मात्रै रहेको संस्थाको एनपीएल गत आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ ।

साथै सिडि रेसियो सामान्य घटेर १२०.९८ प्रतिशत, बेस रेट १३.६८ प्रतिशत र स्प्रेड दर ७.२६ प्रतिशत पुगेको छ । संस्थाले गत आवको लागि भने २९ करोड १५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ भने लाभांश क्षमता १७.६० प्रतिशत रहेको छ ।

सो अवधिसम्म संस्थाको इपीएस २६.०४ रुपैयाँबाट बढेर २७.८९ रुपैयाँ पुगेको छ भने नेटवर्थ २२७.०५ रुपैयाँ, पीई रेसियो ३१.६० गुणा र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *