गृहमन्त्रीलाई रास्वपाको प्रश्न : जिबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका मुख्य आरोपित जिबी राई पक्राउ नपर्नुको कारणबारे सरकारसँग जवाफ मागेको छ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागे ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरे ।

‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *