त्रिपुरासुन्दरी मन्दिर पुनर्निर्माणका लागि भोजराजले गरे ५५ हजार ५५५ आर्थिक सहयोग

ढकारी । ढकारी गाउँपालिका–७ त्रिपुरासुन्दरी (तितौडा) मन्दिर पुनर्निर्माणका लागि भोजराज थापाले आर्थिक सहयोग गरेका छन्। सोही वडाबासी थापाले बन्दै गएको मन्दिर पुनर्निर्माणका लागि ५५ हजार ५५५ आर्थिक सहयोग गरेका हुन्।

उनको सहयोगले मन्दिर पुनर्निर्माण भइ भक्तजनलाई पुजाआजामा सहजता हुने मन्दिर संरक्षण अभियानको विश्वास छ। ‘देवी त्रिपुरासुन्दरीको दिव्य कृपा सदा भोजराज थापा र उनको परिवारमा रहोस् भन्ने हाम्रो कामना छ। यो सहयोगले धार्मिक जागरण मात्र होइन, समृद्ध र एकतापूर्ण समाज निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नेछ,’ अभियानका तर्फबाट जारी वक्तव्यमा भनिएको छ।

मन्दिर पुनर्निर्माण अभियानले हालसम्म विभिन्न स्थानीय तथा प्रवासी भक्तजनको सहयोग संकलन गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *