काठमाडौं । लोक तथा दोहोरी गायिका विष्णु माझीले नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् ।
यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ‘पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ ।
तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो प्रतीक्षा यो गीतले पुरा गरेको छ ।
गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ । भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र प्रविन भट्टकाे सम्पादन छ । गीतमा एउटा चेलीको आमासँग गरेको बिलौना गरेकी छन् ।
Artha Sanjal






