काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ । अब कम्पनीको हकप्रद सेयरमा भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । अर्थात, हाल कायम १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता हकप्रद सेयरको अनुपातमा निष्काशन गरिएको हो ।
यसअन्तर्गत कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सार्वजनिक गरेको छ ।
कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो । यस अनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।







