काठमाडौं । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् ।
३ बन्दमुखी योजनाले इकाइधनीलाई १७ र २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्वीटी फन्डले इकाइधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।
त्यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– २ ले पनि २० प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत लाभांश दिने भएको छ । यी इकाइको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिने व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।







