नेपालका बैंक तथा वित्तीय सँस्था सबल अवस्थामा छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू सबल अवस्थामा रहेको बताएका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले हालको बैंकिङ क्षेत्र कानुनअनुसार सञ्चालनमा रहेको र जोखिम नियन्त्रणमा रहेको जानकारी गराएका हुन्।

उनका अनुसार, बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भएको उनीहरूले नियमअनुसार लेखापरीक्षण गरिरहेका छन्।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई जोखिममा आधारित सुपरीवेक्षण गर्दै आएको र बैंकहरूले खराब कर्जाका लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेकाले पनि बैंक वित्तीय सँस्था सबल रहेको उनको भनाई छ।

त्यस्तै. पुँजी पर्याप्तता अनुपात, तरलता अनुपात लगायतका मुख्य सूचकहरू अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेकाले अहिलेको अवस्थामा बैंकिङ क्षेत्र सबल र स्थिर रहेको पौडेलको भनाइ छ।

हाल नेपालमा क वर्गका २० वटा वाणिज्य बैंक, ख वर्गका १७ वटा विकास बैंक, ग वर्गका १७ वटा वित्तीय कम्पनी, घ वर्गका ५२ वटा लघुवित्त संस्था र १ वटा पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *