काठमाडाैं। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेको छ। सो सेसनमा ६.०२ अंक बढेर २८४०.०३ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १११ पटकको कारोबारमा १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँ ३० पैसाबराबरको १८ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।







