मुग्लिङ-काठमाडौं सडक पहिरोले अवरुद्ध

काठमाडौं – मुग्लिङ सडकखण्डको नाग्दी खोलानजिक पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलानजिक दिउँसो साढे १२ बजेतिर पहिरो झरेको प्रहरीले जानकारी दिएको छ ।

पहिरो कारण काठमाडौं-मुग्लिङ सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण बन्द भएको छ । मुग्लिङबाट काठमाडौंतर्फ आउँदा तीन किलोमिटर अगाडि पहिरो खसेको र हटाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *