आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको मूल्य कति बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसचक १६.६५ अंकले बढेर २८७५ को बिन्दमा बन्द भएको छ ।

आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको शेयर कारोबार भएको छ । आज १४० कम्पनीको शेयर मुुल्य बढेको छ भने ११० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतका दरले कमाएका हुन् । श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *