हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिने जानकारी दिए ।
Artha Sanjal






