संसद बैठकमा एकैसाथ निदाए अर्थ, खेलकुद र रक्षामन्त्री

काठमाडौं । बुधबारको बैठकमा नेपाल सरकारका तीनजना मन्त्री एकैसाथ निदाएका छन् ।

राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई एकसाथ निदाएका हुन् ।

तीनैजना मन्त्री प्रधानमन्त्री ओलीसँगै एउटै रोको कुर्सीमा छन् । प्रधानमन्त्री अगाडिपट्टि एकोहोरो हेरिरहेका छन् । तर, मन्त्रीहरू भने मस्त निद्रामा देखिएका छन् ।

यसअघि पनि अर्थमन्त्री पौडेल संसद् बैठकमा कुर्सीमा निदाइरहेको तस्बिर भाइरल बनेको थियो।

त्यस्तै, प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कुर्सीमै निदाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नमस्कार गरिरहेको तस्वीर सार्वजनिक भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *