सिँचाइका लागि बिजुली प्रतियुनिट ३ रुपैयाँ शुल्क तोकिएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको र यसका लागि सस्तोमा विद्युत् शुल्क लगाइएको जानकारी गराएका हुन्।

“तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *