काठमाडौं । कास्कीको बाटुलेचौरस्थित लिचीबारीको जग्गा यतिबेला विवादको चर्चामा छ। उक्त जग्गाको बिषयमा भुमिसुधार मन्त्रीदेखि मालपोत प्रमुख लगायत अन्य दर्जनौं कर्मचारी मुछिएका छन् ।
यसैमध्य कास्की मालपोतका प्रमुख चिरिन्जीवी पौडेल पनि पीडितको बाध्यताको फाइदा उठाएर घुस लिँदै आएको भेटिएको छ।
मालपोत प्रमुख पौडेलले जग्गावालालाई काम गरिदिनेआश देखाएर अवैध तरिकाबाट फाइदा लिएका हुन् ।
पौडेलले पोखराको बाटुलेचौरस्थित जग्गाका पीडितको पैसामा काठमाडौँ – पोखरा ओहोरदोहोर गर्न टिकट खरिद गरेको प्रमाण फेला परेको छ।
प्राप्त प्रमाणअनुसार पौडेलले २०८१ मंसिर, पुस र माघमा काठमाडौं आएर पोखरा जाने क्रममा कम्तीमा तीन पटकसम्म अडियो रेकर्ड गर्ने बिचौलिया भनिएका व्यक्तिकै खाताबाट रकम भुक्तानी गरेको प्लेन टिकट लिएको देखिन्छ।सन् २०२४ को
त्यस्तै , नोभेम्बर १३, २०२५ डिसेम्बर २५ मा पौडेलले काठमाडौंबाट पोखरा आउनका लागि टिकट काट्न लगाएको देखिन्छ । त्यस्तै २०२५ को जनवरी ६ मा काठमाडौंबाट पोखरा आउन पनि पौडेलले टिकट मार्फत लाभ लिएको भेटिएको छ ।
घटना के हो?
कास्कीको बाटुलेचौरस्थित लिचीबारीको तीन वटा नक्सा २५, २६, २८ नम्बरका जग्गाहरु दुर्गादेवि शाहको नाममा पास गरिदिन तत्कालिन जिल्ला, अञ्चल, क्षेत्रीय अदालतले फैसला गरेको थियो । फैसला कार्यन्वयनका लागि पीडित दुर्गादेवि शाहका नातीहरु सुरज शाह लगायतले मालपोत कार्यालय र नापी कार्यालयमा निवेदन दिएका थिए ।
सोही काम गरिदिने भन्दै हाल मालपोत कार्यालय कास्कीको प्रमुखको रुपमा सरुवा हुँदा हाजिर हुने दिनमै पौडेलले पीडितका तर्फबाट एक प्रतिनिधिबाट चार पटकसम्म टिकट लिएका हुन् । स्रोतका अनुसार पौडेलले काम गरिदिएबपत सहयोग गर्नुपर्ने सर्त राखेका छन्।
पवार र पहुँच लगाई कास्कीका प्रमुख बनाइएका पौडेलले सुरुवातताका पोखरा लिचीबारीको जग्गा शाह परिवारकै नाममा दर्ता गरिदिने आश्वासन दिएका थिए । त्यस क्रममा उनले शाह परिवार निकटका व्यक्तिबाट आर्थिक लाभ समेत लिएको पीडितको भनाई छ।
यस विषयमा प्रमुख पौडेलसग प्रतिक्रिया लिन खोज्दा उनको 985-1××××310 नम्बरको मोबाइल नै स्विच्ड अफ गरिएको छ ।






